Nav

विज्ञापन

Class 10: Opt II Education (Unit 1-5)

 प्रथम त्रैमासिक परीक्षा 

कक्षाः १०                                                    पूर्णाङ्कः ७५

विषयः शिक्षा                               समयः २ घण्टा १५ मिनेट

समूह क (Group A)

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्।                  (११×=११)

(Give very short answer to the following questions.)

1.  युनेस्कोका अनुसार शिक्षाका चार स्तम्भहरु लेख्नुहोस् ।
(What are the four pillars of education according to UNESCO? )

2.  नेपालमा खुला तथा दुर शिक्षा कार्यक्रम कहिले बाट सुरु गरिएको हो, लेख्नुहोस् ।(When was open and distance education started in Nepal?)

3.  औपचारिक शिक्षा भनेको कस्तो शिक्षा हो, लेख्नुहोस् ।
(Define formal education system.)

4.  अनौपचारिक शिक्षालाई किन शिक्षाका बैकल्पिक पद्धति मानिन्छ, लेख्नुहोस् ।(Why non-formal education system is considered as alternative mode of education?)

5.  साधरण र विशिष्ट शिक्षाबिच कुनै एक फरक लेख्नुहोस् ।
(Write any one difference between general and specific education.)

6.  वैयक्तिक र सामूहिक शिक्षाबिच कुनै एक फरक लेख्नुहोस् ।
(Write any one difference between individual and group education.)

7.  नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भएको हो, लेख्नुहोस् ।
(When was SLC Board established in Nepal?)

8.  नेपालमा शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो, लेख्नुहोस् ।
(When was Ministry of Education established in Nepal?)

9.  पाठ्यक्रमको संकुचित अर्थमा परिभाषा लेख्नुहोस् ।
(Define curriculum as narrow sense.)

10. आधारभूत शिक्षा १ देखि ८ सम्म पढ्ने बालबालिकाहरुको उमेर समूह कुन हो ?
(What is the age group of students studying in basic level 1 to 8?)

11. पाठ्यक्रमका तत्त्वहरु लेख्नुहोस् ।
(List the elements of curriculum.)

समूह ख (Group B)

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्।             (८×५=४०)

(Give short answer to the following questions.)

12.   नेपालमा २००७ सालपूर्व प्रचलित गुरुकुल शिक्षाको छोटो टिप्पणी लेख्नुहोस् । (Write short note on Gurukul Education system practiced before 2007 BS in Nepal.)

13.   नेपालमा मल्लकालिन शिक्षाको छोटो वर्णन लेख्नुहोस् ।
(Write short description on education during medieval period in Nepal.)

14.   २००७ देखि २०२७ सम्मको शिक्षाको छोटो वर्णन गर्नुहोस् ।

(Write a brief description on development of education between 2007 to 2027 BS.)

15.   पाठ्यक्रम र पाठ्यपुस्तकको सम्बन्ध लेख्नुहोस् ।
(Mention the relation between curriculum and textbook.)

16.   शिक्षाका कुनै पाँच राष्ट्रिय उद्देश्यहरु लेख्नुहोस् ।
(Write any five national objectives of education.)

17.   माध्यमिक शिक्षा (कक्षा ९-१०), साधारण शिक्षा तर्फको पाठ्यक्रमको संरचना निर्माण गर्नुहोस् ।
(Prepare curricular model of current Secondary Education (Class 9-10), General education.)

18.   स्थानीय पाठ्यक्रमको परिचय दिदै, स्थानीय पाठ्यक्रमको महत्त्व लेख्नुहोस् । (Define local curriculum including importance of curriculum.)

19.   स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया लेख्नुहोस् ।

(Write process of local curriculum development.)

समूह ग (Group C)

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्।             (३×८=११)

(Give long answer to the following questions.)

20.   बाल विकासमा प्रभाव पार्ने तत्त्वहरु लेखि व्याख्या समेत गर्नुहोस् ।
(Mention factors affecting child development with detail.)

21.   यौवनावस्थाका विशेषताहरु लेखी व्याख्या गर्नुहोस् ।
(Explain characteristics of puberty.)

22.   आधारभूत तहमा नेपाली विषयमा कुनै पाठ पढाउन ४५ मिनेटको पाठयोजना निर्माण गर्नुहोस् । (Prepare a lesson plan of 45 minutes to teach any of topic in Nepali subject.)

धन्यवाद ।

 

 

Best Visited In Blog

Result Pro 2079

Popular