Nav

विज्ञापन

Showing posts with label Teacher Service Comission. Show all posts
Showing posts with label Teacher Service Comission. Show all posts

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार शिक्षा मन्त्रालयको कार्य क्षेत्र

 नेपाल सरकार (कार्य विभाजन) नियमावली२०७४ अनुसार शिक्षा मन्त्रालयको कार्य क्षेत्र देहाय अनुसार रहेको छः

  1. शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;
  2. केन्द्रीय विश्वविद्यालय सम्बन्धी नीति , कानून र मापदण्ड;
  3. विदेशी विश्वविद्यालयसँगको सम्बन्धन , समकक्षता निर्धारण , प्रत्यायन (एक्रिडिटेसन) , समन्वय तथा नियमन;
  4. केन्द्रीय पुस्तकालय सम्बन्धी नीतिकानून र व्यवस्थापन;
  5. मानव संसाधन आवश्यकता प्रक्षेपण, राष्ट्रिय शैक्षिक योजना तथा मानव स्रोत विकास;
  6. विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप मूल विषयको पाठ्यक्रम नमुना पाठ्यपुस्तक  र नियमन;
  7. प्राविधिक शिक्षा र व्यावसायिक तालिमको राष्ट्रिय नीति, पाठ्यक्रम प्रारुप, योग्यता निर्धारण र सीप परीक्षणको मापदण्ड;
  8. विद्यालय तहको शिक्षकको सेवा , सर्त , योग्यता एवम् समकक्षताको नीति र मापदण्ड;
  9. शिक्षक तालिम सम्बन्धी नीति, मापदण्ड र स्तरीकरण , पाठ्यक्रम प्रारुप , योग्यता निर्धारण सीप परीक्षणको मापडण्ड र तालिम केन्द्रसंगको समन्वय;
  10. विद्यालय तहको परीक्षाको राष्ट्रिय मापदण्ड माध्यमिक तहको परीक्षा व्यवस्थापन तथा  समकक्षता निर्धारण;
  11. कुटनीतिक नियोगबाट सम्बन्धन लिई सञ्चालन हुने शैक्षिक संस्थाको स्वीकृति;
  12. विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन लिई सञ्चालन हुने शैक्षिक संस्थाको स्वीकृति प्रत्यायन तथा नियमन;
  13. प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वय;
  14. विश्वविद्यालय अनुदान आयोग केन्द्रीय विश्वविद्यालय खुला विश्वविद्यालय र केन्द्रीयस्तरका शैक्षिक प्रतिष्ठान;
  15. छात्रवृत्ति र विद्वतवृत्ति सम्बन्धी नीति र मापदण्ड;
  16. शैक्षिक अध्ययन अनुसन्धानसम्बन्धी नीति कानून र मापदण्ड;
  17. राष्ट्रिय प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्यांक व्यवस्थापन;
  18. शैक्षिक गुणस्तर मानक निर्धारण, मापन तथा नियमन;
  19. राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद;
  20.  विज्ञान प्रविधि सम्बन्धी नीति, कानून, मापदण्ड;
  21.  वैज्ञानिक, अन्तरिक्ष विज्ञान र खगोल विज्ञानसम्बन्धी अध्ययन अनुसन्धान;
  22.  विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रबर्धन र विकास;
  23.  विज्ञान प्रविधि विषयक तथ्यांक संकलन, प्रशोधन र सर्वेक्षणको मापदण्ड;
  24.  पारमाणविक प्रविधि, रेडियोधर्मी पदार्थको गुणस्तर तथा उपयोग सम्बन्धी तथ्यांक प्रणालीको स्थापना, व्यवस्थापन र नियमन;
  25.  जैविक तथा पारमाणविक प्रविधिको उपयोग र प्रवर्ध्दन;
  26.  ओजोन अध्ययन सौर्य विकीरण मापन तथा सूचना प्रवाह;
  27.  वैज्ञानिक उपकरण क्यालिब्रेशन  तथा प्रमाणिकरण;
  28. रासायनिक पदार्थको उपयोग तथा प्रबर्ध्दन नियन्त्रण र नियमन;
  29.  पारमाणविक पदार्थ, बेवारिसे स्रोतहरुको खोज तथा पुनर्लाभ र व्यवस्थापन;
  30.  आणविक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;
  31.  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान प्लानेनेटोरियम वेधशाला र विज्ञान संग्रहालय;
  32.  मन्त्रालय सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासंग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय;
  33.  मन्त्रालय सम्बन्धी सार्वजनिक संस्थान प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन;
  34.  नेपाल शिक्षा सेवाको सञ्चालन (आर्कियोलजी समूह बाहेकको

TSC 2079 मावि प्रथम पत्र

नेपाल सरकार

शिक्षक सेवा आयोग
 
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०७९

तह : माध्यमिक                                                         सेट : B

समयः १ घण्टा                                                           पूर्णाङ्क : १०० 

                                              उत्तीर्णाङ्कः ५०

                       वस्तुगत प्रश्नपत्र

उम्मेदवारले यस प्रश्नपत्रको दायाँतर्फ दिइएको सेट (A, B, C वा D)लाई वस्तुगत वहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ । सो उल्लेख नगरेमा वा सो बाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ। साथै, सही उत्तरलाई वस्तुगत वहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (A, B, C वा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ। गलत उत्तर लेखेमा प्रत्येक उत्तर बापत बीस प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा अङ्क कट्टा गरिने छैन ।

१. नेपालमा सर्वप्रथम बिजुली बत्ती कहिले र कस्को पालामा बलेको थियो ?
A. वि. सं. १९६८ चन्द्र शमशेरको पालामा             B. वि. सं. १९७२ भीम शमशेरको पालामा
C. वि. सं. २००२ पद्म शमशेरको पालामा             D. वि. सं. २००७ मोहन शमशेरको पालामा
. "समृद्ध नेपाल सुखी नेपाली" गन्तव्य सहितको दीर्घकालीन सोच, २१०० मा समृद्धि र सुखका लक्ष्यहरु कति कति वटा रहेका छन् ?
A. समृद्धिका ६ र सुखका ४                                               B. समृद्धिका ५ र सुखका ६
C. समृद्धिका ४ र सुखका ६                                               D. समृद्धिका ५ र सुखका ५
. देशको दीर्घकालीन विकासको निम्ति प्रमुख चुनौतीको रुपमा रहेको गरिबीलाई प्रभावकारी रुपबाट घटाउन "गरिबी निवारण" गर्ने एक मात्र मूल उद्देश्य राखेको नेपालको आवधिक योजना कुन हो ?   
     A. नवौं योजना               B. आठौं योजना        C. बाह्रौं योजना            D. एघारौं योजना
४. छोरीलाई दाइजोको रुपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ ?
      A. सतार               B. चिडीमार            C. राई                    D. चेपाङ
. संयुक्त राष्ट्रसंघको ७० औं महासभाले घोषणा गरेको दिगो विकासका लक्ष्यहरुमा कतिवटा लक्ष्य र परिमाणात्मक लक्ष्यहरु निर्धारण गरिएका छन् ?
A. १७ लक्ष्य १३४ परिमाणात्मक लक्ष्य                      B. १७ लक्ष्य १६९ परिमाणात्मक लक्ष्य
C. १४ लक्ष्य १३४ परिमाणात्मक लक्ष्य                      D. १४ लक्ष्य १६९ परिमाणात्मक लक्ष्य
. संयुक्त राष्ट्रसंघ महासभाको पहिलो महिला अध्यक्ष को हुन् ?
A. विजयलक्ष्मी पण्डित (भारत)                           B. आन्जी बुक्स (लाइबेरिया)
C. रसद अल खलिफा (बहराइन)                          D. मारिया फर्नान्डा एस्पीनोसा (इक्वेडर)
७. नेपालले सर्वप्रथम दौत्य सम्बन्ध स्थापित गरेको मुलुक कुन हो ?
A. संयुक्त अधिराज्य (बेलायत)               B. सोभियत संघ              C. चीन             D. भारत
. वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई हालसालै बहराईनका राजपरिवारका सदस्यबाट प्रदान गरिएको अवार्डको नाम के हो ?
A. Cataract Award           B. Human Welfare Award
C. ISA Award              D. Roman Magsaysay Award
९. वि सं. २०७८ सालको मदन पुरस्कार कुन कृतिका लागि कसलाई प्रदान गरियो ?
           A. अग्नि /नवराज लम्साल                 B. योगमाया /निलम कार्की निहारिका

         C. रणहार/ योगेशराज                     D. महारानी /चन्द्र प्रकाश बानियाँ
१०. Information and Communication Technology in schools provide an opportunity to teachers to transform their practices by providing them:

     A. Improved educational content         B. Effective teaching and learning methods
     C. Interactive educational materials     D. All of the above
११. शिक्षा त्रिमुखी प्रक्रिया (Tripolar Process) हो भने ती तीन पक्षहरु के के हुन् ?
       A. शिक्षक, विद्यार्थी, अभिभावक       B. शिक्षक, विद्यार्थी, समाज

       C. शिक्षक, विद्यार्थी, शिक्षण विधि      D. शिक्षक, विद्यार्थी, पाठ्यपुस्तक

१२. शिक्षामा मानव विकास के को प्रतिफल हो ?
        A. वृद्धि र सिकाइको                      B. सिकाइ र परिपक्वताको

        C. अभ्यास र सिकाइको                 D. परिपक्वता र वृद्धिको

१३. सिर्जनात्मक सोचाइको विकासका लागि तलका मध्ये कुन सिकाइ सिद्धान्त उपयोगी मानिन्छ ?
A. वान्डुराको सामाजिक सिकाइ सिद्धान्त     B. अन्तरदृष्टि सिकाइ सिद्धान्त
                    C. प्रयत्न र भूल सिकाइ सिद्धान्त,                  D. जीन पियाजेको सिकाइ सिद्धान्त 
१४. स्मरण प्रक्रियामा तलका मध्ये कुन चाहिँ क्रम ठीक हो ?
    A. प्राप्ति → सङ्केतमा बदल्नु →पुनः प्राप्ति →भण्डारण गर्नु
    B. भण्डारण गर्नु  → प्राप्ति → सङ्केतमा बदल्नु→पुनः प्राप्ति
    C. प्राप्ति → भण्डारण गर्नु→सङ्केतमा बदल्नु->पुन: प्राप्ति

D. प्राप्ति → सङ्केतमा बदल्नु ->भण्डारण गर्नु->पुनः प्राप्ति

१५. तल दिइएका मध्ये मानव जीवनको पहिलो सिकाइ सीप कुनहो ?

A. प्रत्यावहन वा पुनरुत्पादन सीप              B. बोलीचाली वा छलफल सीप

C. भाषिक वा मौखिक सीप                       D. विश्लेषण गर्ने सीप

१६. पाठ्यक्रमले निर्धारण नगर्ने उद्देश्य तलका मध्ये कुन हो ?

A. तहगत       B. कक्षागत      C. विषयगत       D. पाठगत

१७. विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ (परिमार्जित संस्करण २०७९) अनुसार ' सक्षमता ' भन्नाले तलका मध्ये कुनलाई बुझिन्छ ?

A. सिप, प्रयोग र दक्षता सम्बन्धी ज्ञान        B. सिप सिकाइ र आचरण सम्बन्धी व्यवहार 
C. मूल्य मान्यता र तिनको अभ्यास           D. ज्ञान, सिप, प्रवृत्ति र मूल्यको आर्जन तथा तिनको प्रयोग सामर्थ्य

. १८. शिक्षण सिकाइमा श्रव्य दृश्य सामग्री प्रयोगबाट हुने फाइदा तलका मध्ये कुन हो ?

A. विद्यालयमा नै निर्माण गर्न सकिने                                  B. न्यून लागतमा तयार हुने

C. वास्तविक वस्तु र अवस्थाको अनुभूति गराउन सकिने     D. जसले जहिले पनि प्रयोग गर्न सक्ने

१९. कुनै विषयसँग सम्बन्धित यन्त्र वा उपकरणलाई सजगतापूर्वक सञ्चालन गरी व्याख्या गर्दै सिकाउने विधिलाई कुन विधि भनिन्छ ? 

A. व्याख्यान विधि          B. अभिनय विधि          C. खोज विधि         D. प्रदर्शन विधि

२०. तलका मध्ये कुन भनाइले मूल्याङ्कनलाई बुझाउँछ ?

A. कुनै निश्चित अवधिमा विद्यार्थीले के कति विषयगत उपलब्धि हासिल गरे भनेर नाप गर्ने साधन x

B. निश्चित समयको अन्तरालमा हुने सामयिक कार्यक्रम

C. विद्यार्थीको सिकाइ उपलब्धिको लेखाजोखा गरी निर्णय लिने प्रक्रिया

D. विद्यार्थीको ज्ञान, सिप र अभिवृत्तिको मापन गर्ने कार्य

२१. द्वन्द्वरत पक्षहरुको साझा स्वार्थको विषयमा छलफल गर्ने र दुवै पक्षको जित हुने किसिमले द्वन्द्वको समाधान गर्ने शैलीलाई के भनिन्छ ?
        A. सम्बन्धमूलक शैली     B. प्रतिस्पर्धात्मक शैली      C. सहभागितामूलक शैली      D. सहयोगात्मक शैली
२२. A set of practices, organizations and individuals perform regularly to maintain the health and security of user, devices, networks and data is termed as:
A. cyber space                    B. cyber education
C. cyber law                       D. cyber hygiene 

२३. 'Orient' शब्दको विपरीतार्थक शब्द कुन हो ?
    A. Disorder       B. Fact          C. Conform    D. Casual

 २४. Deny→ Grant भए झैं तलको कुन मिल्दछ ?
    A. Kill→ Live        B. Day → Night          C. Love → Lust          D. Justice Law

२५. निम्न जोडाहरुमा कुन जोडाले सबैभन्दा प्रत्यक्ष एकल अवधारणा (Single concept) दर्शाउँछ ?

A. पृथ्वी - चन्द्रमा     B. ग्रह- चन्द्रमा                 C. सूर्य-पृथ्वी               D. तारा - सूर्य

२६. ४+१=१५, ७+२=२९, ३+५=५८ भए ६+३ = ३... कति हुन्छ ?

A. ४९     B. ३९      C. १९       D. 29

२७. तलका क्रममा खाली भएको स्थानमा कुन अङ्क आउँछ ?
            ६, १३, २८, ............ १२२
        A. ५७       B. ५९     C. ६१       D. ६३

२८.   तल दिइएका शब्दहरुमा कायम रहेको अक्षरहरुको सम्बन्धको आधारमा नमिल्दो शब्द कुन हो ?
A. Silver   B. Button   C. Gritty    D. Brass

२९. राजुले एउटा वस्तु रु. ९६०० मा किनेर ५ प्रतिशत घाटामा बेचेका छन् । त्यो पैसाबाट उनले अर्को बस्तु किने र ५ प्रतिशत नाफामा बेचे । उनको समग्र लाभ हानि के हो ?

A. रु. ३६ घाटा          B. रु. २४ नाफा       C. रु. ३६ नाफा         D. रु. २४ घाटा

३०. तल दिइएका शब्दहरु कुनै न कुनै रुपमा एक अर्कासँग सम्बन्धित छन्। ती मध्ये कुन चाहिँ अन्यभन्दा फरक छ ?
        A. कराइ-इराक      B. मलाइ - इलाम        C. कलम-मकल       D. नीति - तिनी
३१. टाइम्स पत्रिकाले सन् २०२२ का लागि 'Person of the Year' को रुपमा घोषणा गरेका व्यक्ति को हुन् ?

    A. भ्लादिमिर पुटिन       B. भोलोदिमिर जेलेन्स्की        C. जो वाइडेन       D. सि जिन पिङ
३२. An approach to education that combines online educational materials and opportunities for interaction online with traditional place-based classroom methods is called:
    A. e-distant learning                                          B. hybrid learning
    C. e-learning                                                      D. cognitive learning

३३. बालबालिकामा रहेको विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताबारे जानकारी राखी उपयुक्त किसिमले सम्बोधन गर्ने कार्य शिक्षकको कुन सक्षमता अन्तर्गत पर्दछ ?
A. शिक्षण सिकाइका तौरतरिका सम्बन्धी ज्ञान               B. बालबालिका / सिकारु सम्बन्धी ज्ञान

C. सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन                   D. निरन्तर र पेशागत विकास
३४. ................refers to exploring the appropriate and ethical behaviors related to the online environment and digital media platform.
A. Cyber ethics                             B. Cyber safety
C. Cyber security                          D. Cyber law

३५. नेपालको प्रामाणिक समय ग्रीनवीच मानक समयभन्दा कति समयको अन्तरमा हुने गरी निर्धारण गरिएको छ ?
        A. ५ घण्टा ४५ मिनेट अगाडि                         B. ५ घण्टा ४५ मिनेट पछाडि
        C. ५ घण्टा १५ मिनेट अगाडि                          D. ५ घण्टा १५ मिनेट पछाडि
३६. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहका आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी तोकिएका कार्यहरु भित्र नपर्ने कार्य तलका मध्ये कुन हो ?

A. विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन

B. बाल उद्यानको व्यवस्थापन

C. ट्युशन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन

D. शिक्षक र कर्मचारीको तालीम तथा क्षमता विकास

३७. शिक्षा ऐन, २०२८ अनुसार शिक्षक सेवा आयोगका सदस्यहरुको नियुक्तिका लागि सिफारिस गर्न नेपाल सरकारले गठन गर्ने समितिमा नरहने पदाधिकारी तलका मध्ये कुन हो ?

A. त्रिविको उपकुलपति                                       B. लोक सेवा आयोगको अध्यक्ष

C. राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य        D. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव

३८. नेपालको संविधानको धारा ४८ अनुसार नागरिकका कर्तव्यमा उल्लेख नभएको कर्तव्य तलका मध्ये कुन हो ?

A. संविधान र कानूनको पालना गर्नु              B. विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्नु

C. सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु        D. राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु

३९. शिक्षक सेवा आयोगबाट लिइने परीक्षाको पाठ्यक्रम, परीक्षण प्रणाली तथा मूल्याङ्कन प्रक्रिया कसले तोके बमोजिम हुन्छ ?

A. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले                           B. नेपाल सरकारले

C. पाठ्यक्रम विकास केन्द्रले                                            D. शिक्षक सेवा आयोगले

४०. सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको प्रमाणपत्र छानबिन गर्ने प्रयोजनको लागि जिल्लास्तरमा गठन हुने प्रमाणपत्र छानविन समितिको अध्यक्ष को रहन्छ ?

A. जिल्ला न्यायाधिवक्ता                                                  B. प्रमुख जिल्ला अधिकारी

C. जिल्ला न्यायाधीश                                                       D. जिल्ला समन्वय अधिकारी

४१. दुरीको हिसाबले पृथ्वी र शनि ग्रहको बिचमा पर्ने ग्रहहरु कुन कुन हुन् ? 

A. शुक्र र वृहस्पति                                                        B. मङ्गल र बृहस्पति

C. मङ्गल र शुक्र                                                            D. शुक्र र बरुण

४२. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छ्रेतारा लगायतका खगोलीय पिण्डहरु एवम् धूलकण र ग्याँसीय पदार्थको अतिविशाल समूहलाई के भनिन्छ ?

A. तारापुञ्ज                B. नक्षत्रपुञ्ज                  C. राशिपुञ्ज                D. ग्रहपुञ्ज

४३.  ८,१६३ मी. उचाइ भएको मनासलु हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ?

A. अन्नपूर्ण                 B. लाङटाङ               C. धौलागिरी            D. गणेश

४४. जमिनको सतहको क्षेत्रफलको हिसाबले पृथ्वीमा रहेको सबभन्दा ठूलो महादेश (Continent) कुन हो ?
        A. युरोप                      B. उत्तर अमेरिका        
C. एसिया             D. अफ्रिका
४५. Text styling feature of MS word is .......
        A. Word color                                      
B. Word font
        C. Word art                                          
D. Word fill
४६. तल दिइएका मध्ये कुन भनाइ ठीक छ ?

A. अक्षांश बढ्दै जाँदा सम्बन्धित ठाउँको तापक्रम घट्दै जान्छ ।

B. अक्षांश घट्दै जाँदा सम्बन्धित ठाउँको तापक्रम पनि घट्दै जान्छ ।

C. देशान्तर रेखाहरु वृत्ताकार स्वरुपमा हुन्छन् ।

D. 0° देशान्तर रेखालाई अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ ।

४७. बाह्यय हिमालय (Outer Himalaya) को नामबाट पहिचान बनाएको पर्वतमाला कुन हो ?

A. महाभारत श्रेणी                    B. भित्री मधेशको खण्डित पर्वत श्रेणी

C. शिवालिक लेक                    D. सीमान्त हिमाली श्रेणी

४८. चीन र भारत बीच निर्धारण गरिएको सीमारेखालाई के भनी चिनिन्छ ?
        A. रेडक्लिफ लाइन                     B. मेकमोहन लाइन
        C. सिगफ्रेड लाइन                       D. मोजिनट लाइन
४९. तलका मध्ये कुन व्यक्ति देउथलको युद्धमा मारिएका हुन् ?
        A. भक्ति थापा             B. बलभद्र कुँवर         C. बमबहादुर शाह          D. अमरसिंह थापा
५०. राणाकालीन समयमा कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा उसलाई वृत्ति स्वरुप प्रदान गरिने जग्गालाई के भनिन्थ्यो ?
               A. रैकर भूमि            B. विर्ता भूमि          C. किपट भूमि           D. गुठी भूमि

TSC बहुबैकल्पिक सेट १ इतिहास

 

शिक्षक सेवा आयोग

नेपालको इतिहास सेट १

१. नेपालको प्रसिद्ध प्यागोडा शैलीको पहिलो मन्दिर चांगुनारायण मन्दिर कसले बनाएका हुन् ?

(क) मानदेव
(ख) अंशुवर्मा
(ग) उदयदेव
(घ) हरिदत्त वर्मा

२. "श्रीकलाभिमानी" कुन राजाको साहित्यिक नाम हो ?

(क) मानदेव
(ख) अंशुवर्मा
(ग) उदयदेव
(घ) हरिदत्त वर्मा

३. नेपालको इतिहासमा भुकम्पमा परि मर्ने राजा को हुन् ?

(क) जयस्थिति मल्ल
(ख) यक्ष मल्ल
(ग) अभय मल्ल
(घ) रत्न मल्ल

४. शिक्षाका पिता भनेर कसलाई चिनिन्छ ?

(क) वीर शमशेर
(ख) देव शमशेर
(ग) चन्द्र शमशेर
(घ) धीर शमशेर

५. नेपालमा विक्रम संवत प्रचलनमा ल्याउने राणा प्र.म. को हुन् ?

(क) वीर शमशेर
(ख) देव शमशेर
(ग) चन्द्र शमशेर
(घ) धीर शमशेर

६. नेपालको इतिहासमा छात्रवृत्तिको सुरुवात गर्ने राजा को हुन् ?

(क) जयस्थिति मल्ल
(ख) पृथ्वीनारायण शाह
(ग) महेन्द्र विर विक्रम शाह
(घ) विरेन्द्र विर विक्रम शाह

७. हालको बुढानिलकण्ठको मूर्ति कसले बनएका हुन् ?

(क) मानदेव
(ख) अंशुवर्मा
(ग) उदयदेव
(घ) जिष्णुगुप्त

८. हालको काठमाण्डौं पहिले कान्तिपुर भनेर बस्ती बसाल्ने राजा को हुन्?

(क) गुणकामदेव
(ख) महेन्द्र मल्ल
(ग) मानदेव
(घ) रत्न मल्ल

९. रातो मच्छिन्द्रनाथको जात्रा कुन राजाको पालाबाट चलन चल्तीमा ल्याईएको हो ?

(क) सिद्धिनरसिंह मल्ल
(ख) प्रताप मल्ल
(ग) गुणकामदेव
(घ) नरेन्द्रदेव

१०. प्रस्तरबाट बनेको नेपालकै सानो मुर्ति कुन हो ?

(क) विरूपाक्षको मूर्ति
(ख) विष्णु विक्रान्तको मूर्ति
(ग) विश्वरुपाको मुर्ति
(घ)कैलाश महादेवको मूर्ति

Best Visited In Blog

Result Pro 2079

Popular