Nav
विज्ञापन
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार शिक्षा मन्त्रालयको कार्य क्षेत्र
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ अनुसार शिक्षा मन्त्रालयको कार्य क्षेत्र देहाय अनुसार रहेको छः
- शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;
- केन्द्रीय विश्वविद्यालय सम्बन्धी नीति , कानून र मापदण्ड;
- विदेशी विश्वविद्यालयसँगको सम्बन्धन , समकक्षता निर्धारण , प्रत्यायन (एक्रिडिटेसन) , समन्वय तथा नियमन;
- केन्द्रीय पुस्तकालय सम्बन्धी नीति, कानून र व्यवस्थापन;
- मानव संसाधन आवश्यकता प्रक्षेपण, राष्ट्रिय शैक्षिक योजना तथा मानव स्रोत विकास;
- विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप मूल विषयको पाठ्यक्रम नमुना पाठ्यपुस्तक र नियमन;
- प्राविधिक शिक्षा र व्यावसायिक तालिमको राष्ट्रिय नीति, पाठ्यक्रम प्रारुप, योग्यता निर्धारण र सीप परीक्षणको मापदण्ड;
- विद्यालय तहको शिक्षकको सेवा , सर्त , योग्यता एवम् समकक्षताको नीति र मापदण्ड;
- शिक्षक तालिम सम्बन्धी नीति, मापदण्ड र स्तरीकरण , पाठ्यक्रम प्रारुप , योग्यता निर्धारण; सीप परीक्षणको मापडण्ड र तालिम केन्द्रसंगको समन्वय;
- विद्यालय तहको परीक्षाको राष्ट्रिय मापदण्ड माध्यमिक तहको परीक्षा व्यवस्थापन तथा समकक्षता निर्धारण;
- कुटनीतिक नियोगबाट सम्बन्धन लिई सञ्चालन हुने शैक्षिक संस्थाको स्वीकृति;
- विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन लिई सञ्चालन हुने शैक्षिक संस्थाको स्वीकृति प्रत्यायन तथा नियमन;
- प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वय;
- विश्वविद्यालय अनुदान आयोग केन्द्रीय विश्वविद्यालय खुला विश्वविद्यालय र केन्द्रीयस्तरका शैक्षिक प्रतिष्ठान;
- छात्रवृत्ति र विद्वतवृत्ति सम्बन्धी नीति र मापदण्ड;
- शैक्षिक अध्ययन अनुसन्धानसम्बन्धी नीति कानून र मापदण्ड;
- राष्ट्रिय प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्यांक व्यवस्थापन;
- शैक्षिक गुणस्तर मानक निर्धारण, मापन तथा नियमन;
- राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद;
- विज्ञान प्रविधि सम्बन्धी नीति, कानून, मापदण्ड;
- वैज्ञानिक, अन्तरिक्ष विज्ञान र खगोल विज्ञानसम्बन्धी अध्ययन अनुसन्धान;
- विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रबर्धन र विकास;
- विज्ञान प्रविधि विषयक तथ्यांक संकलन, प्रशोधन र सर्वेक्षणको मापदण्ड;
- पारमाणविक प्रविधि, रेडियोधर्मी पदार्थको गुणस्तर तथा उपयोग सम्बन्धी तथ्यांक प्रणालीको स्थापना, व्यवस्थापन र नियमन;
- जैविक तथा पारमाणविक प्रविधिको उपयोग र प्रवर्ध्दन;
- ओजोन अध्ययन सौर्य विकीरण मापन तथा सूचना प्रवाह;
- वैज्ञानिक उपकरण क्यालिब्रेशन तथा प्रमाणिकरण;
- रासायनिक पदार्थको उपयोग तथा प्रबर्ध्दन नियन्त्रण र नियमन;
- पारमाणविक पदार्थ, बेवारिसे स्रोतहरुको खोज तथा पुनर्लाभ र व्यवस्थापन;
- आणविक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;
- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान प्लानेनेटोरियम वेधशाला र विज्ञान संग्रहालय;
- मन्त्रालय सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासंग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय;
- मन्त्रालय सम्बन्धी सार्वजनिक संस्थान प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन;
- नेपाल शिक्षा सेवाको सञ्चालन (आर्कियोलजी समूह बाहेकको) ।
Subscribe to:
Posts (Atom)
Best Visited In Blog
Popular
-
Username : user Password : school Donation to program is appreciated Click Here to Download Program subscribe https://www.youtube.com/@saji...
-
Live Result Pro 2079 User Name : user Password: school Download Program From Here: Download Result Pro 2079 For Suggestion and Compla...
-
बार्षिक परीक्षाको लागि विद्यालयले तयार गर्नुपर्ने लेजरका फर्म्याटहरु विभिन्न फर्म्याटमा www.sajiloclass.blogspot.com मा उपलब्ध छन् । डाउनल...